Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आरुघाट गाँउपालिकाले एसईई उत्कृष्ट विद्यार्थीसहित ६ जनालाई जनही ५० हजारका दरले छात्रवृद्धि दिने


1.8K
Shares

आरुघाट गाँउपालिकाले एसईई उत्कृष्ट विद्यार्थीसहित ६ जनालाई जनही ५० हजारका दरले छात्रवृद्धि दिने

गोरखा, ४ वैशाख । आरुघाट गाँउपालिकाले एसईईमा उत्कृष्ट विद्यार्थीसहित ६ जनालाई जनही ५० हजारका दरले छात्रवृद्धि दिने भएको छ । गाँउ शिक्षा समितिको गत चैत १४ गते बसेको बैठकले एसईई उत्कृष्ट विद्यार्थीसहित अति विपन्न, अपाङ्ग तथा दलित तर्फका ६ जना विद्यार्थीलाई छात्रवृद्धि दिने निर्णय गरेको हो ।

गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख करुणा पनेरुका अनुसार २०७८ सालको एसईईमा बि प्लस भन्दा माथिल्लो ग्रेडमा उर्तीण भई प्रविधिक धार पढेका अति विपन्न, अपाङ्ग तथा दलित तर्फका ५ जना विद्यार्थीलाई छात्रवृद्धि दिनका लागी छनोट गरिएको बताउनुभयो । छात्रवृद्धि छनोटमा परेका मध्ये धारापानी मा.विका राजिव खनाल एसईई उत्कृष्टमा पर्नु भएका छन् । यस्तै दलित तर्फ भीमोदय मा.विकी आसिका परियार र भवानी मा.विकी एलिजा नेपाली रहेका छन् ।

अति विपन्न तर्फ पुनम गुरुङ भीमोदय मा.वि र भवानी मा.विका मेघराज खत्री पर्नु भएका छन् भने दलित तथा विपन्न तर्फ प्रकाश वि.क रहेको शाखा प्रमुख पनेरुले जानकारी दिनुभयो । छनोटमा परेका सबै विद्यार्थीहरुलाई यहीं वैशाख ७ गते भित्र सम्ममा व्यक्तिगत बैंक विवरण गाँउपालिका पेश गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology