गोरखा,४ बैशाख । गोरखामा स्कुटर चोरीको गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । विगत केही दिनदेखि स्कुटर, मोटरसाईकल चोरीका घटनाहरु बढ्दै गएपछि सवारी चेकजाँचलाई तिव्रता दिने क्रममा प्रहरीले गोरखा नगरपालिका वडा नम्बर ६ हरमटारीचोकबाट २० बर्षिय मोतिराम घर्तीमगरलाई पक्राउ गरेको हो ।
चितवनको इच्छा कामना ईच्छाकामना गाउँपालिका–६, चनौटे घर भएका घर्तीमगरले चढेर आएको बा ३५ प ४७५० नम्बरको स्कुटर चेकजाँच गर्दा कागजात फेला नपरेपछि नियन्त्रणमा लिएर अनुसन्धान सूरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ।
स्कुटरको बिलबुक पेश गर्न नसकेपछि प्रहरी कार्यालयलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त स्कुटर इच्चा गाउँपालिकाको जलबिरे स्थित सडकखण्डमा पार्किङ गरेर राखेको अबस्थामा हराएको भन्ने निवेदनपछि मगरले स्कुटर चोरी गरेर ल्याएको पुष्टी भएको हो ।
पक्राउ परेका घर्तीमगरलाई मुग्लिङ प्रहरीको पत्राचार पछि आबश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मुग्लिन पठाइएको प्रहरीले जनाएको छ ।