काठमाडौं, ४ बैशाख । दाङमा मोटरसाइकलमा सवार दुई जनाको ट्रकको ठक्करबाट मृत्यु भएको छ।
दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. ११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत सोमबार बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं. १० स्थित खैरा चोकमा ठक्कर दिएको थियो।
दुर्घटनाका घाइतेमध्ये गोपालको घटनास्थलमै मृत्यु भएको र घाइते सन्देशलाई घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट शवको मुचुल्का बनाई उठाइसकिएको प्रहरीले जानकारी दिएको छ।