गोरखा, ३ बैशाख । नेपाल बुद्विजिबी संगठन गोरखाको अध्यक्षमा बासु खत्री निर्बिरोध निर्बाचित हुनुभएको छ । गोरखा सदरमुकाममा भएको भेलाले नेकपा माओबादी केन्द्र निकट बुद्विजिबीहरुको भेलाले बासुबाबु खत्रीको अध्यक्षता २५ सदस्यीय जिल्ला समिति गठन गरिएको बुद्विजिबी तथा गोरखा क्याम्पास गोरखाका सहयक क्याम्पास प्रमुख नबराज पाण्डेले जानकारी दिनुभयो ।
संगठनका निबर्तमान अध्यक्ष यादब शर्माको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारीले बुद्विजिबीहरुले नै देशलाई बुझ्न र बुझाउने सक्ने भएकाले देशलाई सहि मार्ग र दिशा निर्देश गर्न सक्ने संगठन भएको बताउनुभयो ।
कार्यक्रममा बुद्विजिबी संगठनका केन्द्रीय सहसयोजक निलकण्ठ तिबारी , नेकपा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज अमर तमु , गोरखा क्याम्पास गोरखाका क्याम्पास प्रमुख रामशरण बाँनिया र धुर्प बाहादुर भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।