Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पालुङटार नगरपालिकाद्धारा नीति तथा कार्यक्रम निर्माणका लागि बिज्ञहरुसंग छलफल


1.8K
Shares

पालुङटार नगरपालिकाद्धारा नीति तथा कार्यक्रम निर्माणका लागि बिज्ञहरुसंग छलफल

गोरखा, ३ बैशाख । गोरखाको पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम, बजेट तर्जुमा साथै भू–वर्गिकरण सम्बन्धी विज्ञहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । नगरपालिकाले आगामी नीति तथा कार्यक्रम बजेट ल्याउदा जनपक्षिय र नगरपालिकाबासीको चाहाना र आबश्यकता अनुसार ल्याउनका लागि सवैपक्षसग सुझाव संकलन गरेको नगरप्रमुख बिबस चिन्तनले जानकारी दिनुभयो ।

स्थानीबासीहरुसंग पनि सुझाव लिएको नगरपालिकाले राजधानी काठमाण्डौमा पुगेर समेत नीति तथा कार्यक्रममा समेट्नु पर्ने बिषयहरुका बिषयमा सरोकारवाला तथा बिज्ञहरु छलफल गरेको उहाँले बताउनुभयो । छलफल तथा अन्तरक्रिाय कार्यक्रममा प्रतिनिधि सभा सदस्य माओवादी केन्द्र संसदिय दलका मुख्य सचेतक हितराज पाण्डेले नगरपालिकाले जग्गा वर्गिकरणको विषयमा हतारिन नहुनेमा सुझाव दिनुभयो ।

उहाँले भूगोलको अबस्था हेरेर कहाँ के गर्न सकिन्छ भन्ने टुङगो लगाएर मात्र जग्गा बर्गिकरणको थालनी उपयुक्त हुने उहाँको भनाई छ । मुख्य सचेतक पाण्डेले नेपाल कै ठूला टारहरु मध्येको टार पालुङटार भएकाले यो टारको विकास गर्न के गर्न सकिन्छ भनेर बिज्ञहरुले उपयुक्त सुझाव दिनुपर्ने आबश्कता रहेको बताउनुभयो । उहाँले मेट्रो रेलको कन्सेप्ट काठमाण्डौमा मात्र भन्दा पनि पालुङटार भित्रका टारहरुलाई समेटेर मेट्रो रेल सञ्चालन गरी पर्यटक भित्र्याउन लाग्नु पर्ने भन्दै त्यसका लागि आँफुले उपल्लो निकायमा पहल गर्ने बताउनुभएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सुरेन्द्रराज पाण्डेले स्वरोजगारी चाहने किसानका लागि नगरपालिकाले आबश्यक योजना निर्माण गर्न सुझाव दिनुभयो । उहाँले स्थानीय उत्पादनको बजारीकरण समस्याको रुपमा रहेको भन्दै किसानहरुले उत्पादन गरेका बस्तुलाई सजिलै बजारसम्म पु¥याउन सके उत्पादन बृद्धिमा प्रोत्साहन गर्न सकिने बताउनुभयो । छलफल तथा अन्तरक्रिया क्रार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले विज्ञहरुबाट आएको सुझावलाई आत्मसाथ गर्दै कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology