Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

पोखरीमा डुबेर १४ वर्षीया किशोरीको मृत्यु


1K
Shares

पोखरीमा डुबेर १४ वर्षीया किशोरीको मृत्यु

काठमाडौं, ३ बैशाख । कञ्चनपुरमा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका —१ बैतडीकी १४ वर्षीया बविता टेरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

डुबेर गम्भीर घाइते भएकी बविताको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा शनिबार बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिनुभयो।

उनी बैतडीको मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत परीक्षा दिएर विदामा कञ्चनपुर आएकी थिइन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology