Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

थप एक सय २१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


1.3K
Shares

थप एक सय २१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं, २९ चैत्र । कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको मूत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको मूत्यु भएको हो । मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो ।

यस्तै आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्केका छन् ।

यसैगरी काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष आइसियु र तीन जना भेन्टिलेटरमा उपचारत रहेका छन् ।

हालसम्म चार सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology