गोरखा, २९ चैत । नेपाली काग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने बताउनु भएको छ । नेपाली काग्रेस गोरखाले आज बिहान गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पाण्डेले अन्य प्रदेशहरुमा जस्तै गण्डकी प्रदेशमा पनि काग्रेस र माओवादी केन्द्रले आलोपालो कार्यकाल सरकारको नेतृत्व गर्न सक्ने बताउनुभयो ।
‘अहिले प्रदेश सरकारको नेतृत्व आलोपालो भन्ने कुरा आएको छ, नेता पाण्डेले भन्नुभयो, गण्डकी प्रदेशमा मात्र होइन सातवटै प्रदेशमा आलोपालो हुनसक्छ ।’ नेपाली काग्रेसका तर्फबाट मुख्यमन्त्रीका दावेदार समेत रहनु भएका नेता पाण्डेले प्रदेशको निर्वाचनको चुनाव लड्ने क्रममा नै आफूले मुख्यमन्त्रीका लागि गृहकार्य गरेको बताउनुभयो । ‘प्रदेश सरकारको नेतृत्वको सन्र्दभमा सवै कुराको टुङगो प्रदेशमा पनि लाग्दैन, उहाँले भन्नुभयो, ‘यि बिषयहरु शिर्ष नेताहरुको बिचमा छलफल भएर केन्द्रीय तहमै टुङ्गो लाग्ने कुराहरुपनि हुन् ।’
एमालेको नेतृत्वमा अहिले रहेको गण्डकी प्रदेश सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा रहेकाले मुख्यमन्त्री खगराज अधिकारी सरकार बसिरहनु उचित नहुने उहाँको भनाई छ । ‘सम्मेलन मार्फत नै हामीले सरकार अल्पमतमा परिसक्यो, अल्पमतको सरकारमा बसिरहनु स्वभायमान देखिदैन भन्दापनि उहाँ सरकारमा बसिरहनु भएको छ, नेता पाण्डेले भन्नुभयो, ‘अब बहुमत पाउने सम्भावना नभएकाले उचित निकास लागि दिनका लागि पनि सुझाव दिइसकेका छौ ।’
नेपाली काग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका नेता पाण्डेले काग्रेस छोेडेर राष्ट्रिय स्वतन्त्रपार्टीबाट तनहुँबाट उपनिर्वाचनमा उमेद्वार बन्न भएका स्वर्णिय वाग्लेको काग्रेसमा कुनै लगानी र योगदान नभएको बताउनुभयो । उहाँले वाग्लेले काग्रेस छाडेको बिषयलाई चर्चा गर्नु आवश्यक नै नभएको समेत उल्लेख गर्नुभयो । (रासस)