Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सेनाको हवाई आक्रमणबाट १०० जनाको मृत्यु


1.1K
Shares

सेनाको हवाई आक्रमणबाट १०० जनाको मृत्यु

काठमाडौं, २९ चैत्र । म्यानमारमा सेनाको हवाई आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ । म्यानमारको सेनाको जेट विमानबाट सागिङ क्षेत्रमा गरेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको हो ।

सागिङ क्षेत्रमा महिला र बालबालिका सहभागी भएको कार्यक्रममा भएको आक्रमणबाट प्रारम्भिक मृत्यु हुनेको संख्या ५३ पुगेको बताइए पनि पछि स्वतन्त्र सञ्चारमाध्यमहरूले दिएको रिपोर्ट गरेअनुसार यो संख्या एक सय पुगेको हो ।

म्यानमारको वायुसेनाले कार्यक्रम लक्षित गरी हेलिकप्टरबाट बम खसालेको जुन्ता शासनको विरोध गर्न गठन गरिएको राष्ट्रिय एकता सरकार एनयूजी का कार्यवाहक अध्यक्ष दुवा लाशी लाले बताउनुभयो । म्यान्मारमा सेनाले सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेदेखि विपक्षीविरुद्ध आक्रमण गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology