Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सुनको मूल्य तोलामा १ लाख १० हजार ८ सय


1.5K
Shares

सुनको मूल्य तोलामा १ लाख १० हजार ८ सय

काठमाडौं, २९ चैत्र । सुनचाँदीको मूल्य फेरि बढेको छ। बुधबार सुन तोलामा एक हजार रुपैयाँ र चाँदीमा १५ रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य तोलाको १ लाख १० हजार ८ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँ बढ्दा मंगलबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी १५ रुपैयाँ बढ्दा बुधबार प्रतितोला १४ सय ५० रुपैयाँ भएको छ । यसअघि ५ रुपैयाँ बढ्दा मंगलबार प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्य बलियो भएको छ। प्रतिऔंस २ हजार डलर भन्दा माथि पुगेको हो। मंगलबार प्रतिऔंस १९९९.६७ डलरले कारोबार भएको सुन बुधबार २०२०.५३ डलर छ । चाँदी पनि २४।९५ डलरबाट बढेर बुधबार प्रतिऔंस २५।४ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology