Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा लोकतन्त्रबादी आदीबासी जनजाती महासंघको तर्दथ समिति गठन


1.1K
Shares

गोरखामा लोकतन्त्रबादी आदीबासी जनजाती महासंघको तर्दथ समिति गठन

गोरखा, २८ चैत । गोरखामा लोकतन्त्रवादी आदीबासी जनजाती महासंघको तर्दथ समिति गठन भएको छ । नेपाली काग्रेस गोरखाको पार्टी कार्यलयमा आज भएको प्रथम जिल्ला भेलाले समिति गठन गरेको नेपाली काग्रेस धार्चे गाउँपालिकाका सभापति सन्तोष गुरुङले जानकारी दिनुभयो ।

भेलाले टिकाराम गुरुङको अध्यक्षतामा २३ सदस्सीय समिति गठन गरेको उहाँले बताउनुभयो । तर्दथ समितिको उपाध्यक्षमा दिलमान गुरुङ, बिनु गुरुङ, सचिवमा राजेश श्रेष्ठ, मिनुमाया लामा, सहसचिवमा कोपिला घले, तेजबहादुर बराम र कोषाध्यक्षमा रुपा थापामगरलाई सर्वसम्मच गरिएको गुरुङले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा बिशाल गुरुङ, लक्ष्मी गुरुङ, बल ब गुरुङ अजिरकोट , सुमन गुरुङ र राहुल बर्जचार्य, माया गुरुङ, जसबहादुर गुरुङ, इश्वर तमाङ, श्याम गुरुङ, हुकबहादुर थापा चयन भएका छन् । त्यस्तै कृष्ण वहादु गुरुङ, मनमाया गुरुङ श्रेष्ठ, जित बहादु गुरुङ, सुनिता गुरुङ, र भीमा राना सदस्यमा सर्वसम्मत चयन भएको उहाँले बताउनुभयो । समितिमा जिल्ला भित्रका ११ वटै पालिकाबाट प्रतिनिधित्व रहने गरि चयन गरिएको गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology