गोरखा,२८ चैत्र । जिल्ला विपद व्यवस्थापन समिति गोरखाको बैठकले गोरखा जिल्ला पनि पुनः कोरोना संक्रमणको जोखिममा बण्ढेको भन्दै पूर्व तयारीका साथै जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।
आज बसेको समितिको बैठकले सबै स्थानीय तहलाई स्थानिय विपद व्यवस्थापन कार्य संचालन केन्द्रको स्थापना र व्यवस्थापनको लागि पत्राचार गर्ने, जिल्ला आपतकालिन कार्य संचालन केन्द्र र स्थानीय विपद् व्यवस्थापन कार्य संचालन केन्द्रसंग सचना आदान प्रदान गर्ने व्यवस्था गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
बैठकले सबै स्थानीय तहले वडा स्तरमा विपद् प्रतिकार्य समूह गर्ने निर्णय समेत गरेको उहाँले बताउनुभयो । त्यस्तै बिपतका कारण नीजि आवासमा क्षति पुगेका बारपाक सुलिकोट गाउँपालिकाका ५ जनालाई मनसुनजन्य विपद् प्रभावितहरुलाई लाभग्राही कायम गर्ने निर्णय निर्णय गरेको छ ।
त्यस्तै सबै स्थानीय तहहरुसँग रहेको विपद् प्रतिकार्य सामग्रीहरुको भण्डारण विवरण संकलन गरी जिल्लाको एकिकृत विवरण तयार गर्ने, चुमनुव्री गाउँपालिका र धार्चे गाउँपालिकाको माथिल्लो भूभागमा हुन सक्ने खाद्यन्न अभावलाई न्यूनीकरण गर्न खाद्य व्यवस्था तथा व्यापर कम्मनी लिमिटेड, गोरखाले खाद्यन्न अभाव नहने गरी खाद्यन्न सञ्चित गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो ।