Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

आतङ्कवादी र प्रहरीबीच भएको झडपमा चार प्रहरीको मृत्यु


973
Shares

आतङ्कवादी र प्रहरीबीच भएको झडपमा चार प्रहरीको मृत्यु

काठमाडौँ, २८ चैत्र । दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँग भएको झडपमा परी चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएको पाकिस्तानका कानून कार्यान्वयन निकायले जनाएका छन् ।

प्रान्तीय राजधानी क्वेटामा आतङ्कवादी गतिविधिबारे गुप्तचर सूचना पाएपछि प्रहरीले खोजी अभियान चलाइरहेका बेला दुई पक्षबीच गोली हानाहान भएको थियो ।

त्यसक्रममा दुई जना प्रहरीको घटनास्थलमै मृत्यु भएको तथा अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले विद्रोहीतर्फ भएको क्षतिबारे जानकारी दिएको छैन ।

सोमबार सोही शहरमा भएका दुई वटा विष्फोटमा चार जनाको ज्यान गएको थियो । घटनामा १९ जना घाइते भएका थिए । घटनापछि प्रहरीले आतङ्कवादीविरुद्ध खोजी अभियान थालेको थियो । आक्रमणको जिम्मेवारी प्रतिबन्धितत बलुचिस्तान लिबरेशन आर्मीले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology