गोरखा, २७ चैत । नेपाल आदीबासी जनजाती पत्रकार महासंघ गोरखा शाखाको अध्यक्षमा पत्रकार मेलिना बराम सर्वसम्मत चयन हुनुभएको छ । गोरखा सदरमुकाममा आज सम्पन्न भएको आदीबासी जनजाती पत्रकारहरुको भेलाले बरामलाई अध्यक्षमा चयन गरेको निवर्तमान अध्यक्ष कैलासबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
भेलाले समितिको उपाध्यक्ष सुदिप श्रेष्ठ, सचिवमा केशव गुरुङ, कोषाध्यक्ष मनोज श्रेष्ठ चयन हुनुभएको उहाँले बताउनुभयो । त्यस्तै सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, संगीत चेपाङ, बिबर गुरुङ चयन हुनुभएको उहाँले बताउनुभयो । अध्यक्ष बराम रेडियो मनासलु १०३.९ मेगाहर्जको समाचार बाचीका तथा नागरीक सवाल डटकम अनलाइनमा समेत कार्यरत हुनुहुन्छ ।