Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

फेसबुकमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ


686
Shares

फेसबुकमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

काठमाडौं,२७ चैत । प्रहरीको साइबर ब्‍यूरोले सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका(६ बस्‍ने २० वर्षीय कादिर मोमिन रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा साइबर ब्‍यूरोले उनलाई झापाबाटै पक्राउ गरेको साइबर ब्‍यूरोका प्रवक्ता पशुपति कुमार रायले जानकारी दिनुभयो।

कादिरले पीडित महिलाको फेसबुक वालरटाइमलाइनमा अन्‍य महिलाको शरीर तस्वीरमा जोडेर अश्लील शब्द तस्वीर र भिडियो पोस्ट गर्नुका साथै टिकमा पनि सोही सामग्री राखेर चरित्र हत्या गरेको प्रहरीको आरोप छ ।

पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिन म्‍याद थप गरी आवश्‍यक कारबाहीका लागि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology