Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा भोलिदेखि १३ बर्षमुनिको सेभेन ए साइट फुटवल प्रतियोगिता हुदैं


1.7K
Shares

गोरखामा भोलिदेखि १३ बर्षमुनिको सेभेन ए साइट फुटवल प्रतियोगिता हुदैं

गोरखा, २६ चैत । द ओसन क्बल गोरखाको आयोजनामा भोलिदेखि गोरखामा १३ बर्षमुनिको सेभेन ए साइड फुटवल प्रतियोगिता सुरु हुने भएको छ । क्लबले आज गोरखा सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

लक्ष्मीबजार स्थित ओसन क्बलको खेल मैदानमा हुने प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुने क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताको एक कार्यक्रमका बिच दिउँसो गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा बिभिन्न १२ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिता अनआउट र चरण लिग चरण गरेर सञ्चालन गरिने क्लबले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल बिहान ८ बजेदेखि सुरु हुने अध्यक्ष खत्रीले बताउनुभयो । क्लबले गोरखा जिल्ला भित्र फुटवल क्षेत्रको बिकासका लागि बिभिन्न खालका प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology