गोरखा, २६ चैत । अन्तरराष्ट्रिय सामाजिक संस्था लायन्स कलब डिस्ट्रीक ३२५ एल नेपाल अन्तरगत लियो जिल्ला परिषद् ३२५ एल नेपालको बर्ष २०२३/२४ को जिल्ला अध्यक्षमा गोरखाका सन्तोष ढकाल निर्वाचित हुनु भएको छ । पोखरमा भएको महाधिवेशनबाट ढकाल सर्वसम्मत जिल्ला अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
उक्त्त कार्यक्रम लायन बर्श २०२२/२३ का जिल्ला अध्यक्ष लियो योगेश गौतम ज्युको सभापतित्व मा सम्मन भएको थियो। सन् २०१७ देखि लियोमा सकृय रहनु भएका ढकाल लियो क्लब अफ काठमाडौं बेद ब्यासको संस्थापक अध्यक्ष हुनुहुन्छ । लियो जिल्ला परिषद ३२५ एल नेपालमा करिब ३८ वटा कलब आबद्ध रहेकोमा १५०० जना लियो सदस्यहरु रहेका छन ।
ढकाल ७ बर्ष देखि निरन्तर लियो यात्रामा सकृय रहि जिल्लाको विभिन्न महत्वपुर्ण पदमा सेवा सकृयता र योगदानको हिसाबले एउटा छुटै पहिचान र अस्थित्व बनाएको ब्यक्ति हुनुहुन्छ। उहाँ गोरखाको बारपाक सुलिकोट ४ सौरपानी स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा न ५ स्थित हरियालि समाज लोलाङमा बस्दै आउनु भएको छ ।
उक्त जिल्लाको उपाध्यक्षमा लियो अभय थापा निर्बाचित हुनु भएका छन् । जिल्ला सचिवमा तनहुँका लियो सुनिल मिश्र र कोषाध्यक्षमा लियो सुलभ थकालि , जनसम्पर्क अधिकृतमा लियो कुसल लम्साल, जिल्ला अध्यक्ष सल्लाकार प्रमुखमा लियो अमृत पन्डित, चिप डिपार्टमेन्ट चियर्पसनमा लियो उजेन श्रेष्ठ, चिफ रिजन कोडिनेटरमा लियो सम्राट ऐडि र ब्यबस्थापकमा लियो उद्दब पराजुलि मनोनित हुनु भएका छन् ।
अन्य जिल्लाको पदाधिकारि छिटै बैठक बसेर पुर्णता दिने कुरा जिल्ला सचिब लियो सुनिल मिश्रले जानकारी दिनुभयो । यो संगै गोरखा जिल्लाका २ युवाहरु लियो जिल्ला परिषद् ३२५ एल नेपालका अध्यक्ष र लियो जिल्ला परिषद् ३२५ जे नेपालका सचिवमा क्रमश लियो सन्तोष ढकाल र लियो बालकृष्ण परियारमा निर्वाचित हुनु भएका छन् ।