Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेवाः देय् दबू भिमसेनथापा गाँउपालिकाको अध्यक्षमा रामकुमार श्रेष्ठ


1K
Shares

नेवाः देय् दबू  भिमसेनथापा गाँउपालिकाको अध्यक्षमा रामकुमार श्रेष्ठ

गोरखा, २५ चैत । नेवाः देय् दबू  भिमसेनथापा गाँउपालिकाको अध्यक्षमा रामकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । ‘सम्पूर्ण नेवार एक होऔं, भाषा कला संस्कृतिको संरक्षण गरौं ’ भन्ने नाराका साथ नेवाः देय् दबू भिमसेनथापा गाउँपालिकाको प्रथम साधारण सभा तथा प्रथम अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले श्रेष्ठको अध्यक्षतामा पाँच जना पछि थप गर्ने गरी १९ सदस्ययी कार्यसमिति गठन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण श्रेष्ठ, उपाध्यक्ष गणेशमान शाक्य, महिला उपाध्यक्ष निरुमाया श्रेष्ठ, सचिब बिपिन श्रेष्ठ, महिला सचिब कल्पना श्रेष्ठ, कोषाध्यक्ष हरिकुमार श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा क्रमश राम बहादुर श्रेष्ठ, हिरा श्रेष्ठ, तेज प्रसाद श्रेष्ठ, रामकुमार श्रेष्ठ, बिमलराज शाक्य, केशर कुमार श्रेष्ठ र चन्दन कुमार श्रेष्ठ चयन भएका हुन् । पालिका भित्रका सबै वडाको प्रतिनिधित्व हुने गरी कार्यसमिति बनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

वडा नं. २ मा नेवार समुदाय नरहेको तथा ३ मा भने नेवार रहेको भएता पनि गुठी समूह गठन नगरिएको जानकारी प्राप्त भएकाले कार्यसमितिमा समावेश नगराएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology