काठमाडौं, २५ चैत्र । काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा एयर डाइग्नोस्टिकको हेलिकप्टर दुर्घटना भएको हो ।
महाराजगञ्ज प्रहरी वृत्तका अुनसार एयर डाइग्नोस्टिकको हेलिकप्टर पछाडिको भाग खुस्किएको छ । चितवनमा बिरामी लिनका लागि डाक्टर लिन पुगेको हेलिकप्टरको पछाडिको भाग खुस्किएको बताइएको छ ।
अहिले हेलिकप्टर हेलिप्याडमा नै राखिएको छ । घटनामा कुनै मानवीय क्षति भएको छैन । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।