Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लियो क्लब अफ गोरखाको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत


1.2K
Shares

लियो क्लब अफ गोरखाको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

गोरखा, २५ चैत । लियो क्लब अफ गोरखाको अध्यक्षमा मोहन श्रेष्ठ सर्वसम्मत बन्नु भएको छ । शुक्रबार भएको वार्षिक साधरण सभाबाट श्रेष्ठ क्लबको अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

यस्तै उपाध्यमा प्रथम उपाध्यक्ष मिलन उपरकोटि, द्वितीय उपाध्यक्षमा अस्मिता उपरकोटि, सचिवमा राज गुरुङ, सह सचिव प्रबिन उपरकोटि कोषाध्यक्ष समिर तामाङ चयन भएका छन् ।

क्लबको सह कोषाध्यक्षमा ब्लेशन बयलकोटि, जन सम्पर्क अधिकारिमा गोमा कोईराला, सचेतकमा सरोज परियार, टेमरमा रबि बोगटि, चिफ प्रोग्राम कोर्डिनेटरमा कोपिला गुरुङ चयन भएको क्लबका निवर्तमान अध्यक्ष लियो बालकृष्ण परियारले जानकारी दिनुभयो ।

यी सबै पधाधिकारीहरु वर्ष २०२३र२४ का लागी कार्यसमितिमा निर्वाचित भएको क्लबले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology