Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भारतमा २४ घण्टामा कोभिड सङ्क्रमितको सङ्ख्या ६ हजार, १४ जनाको मृत्यु


868
Shares

भारतमा २४ घण्टामा कोभिड सङ्क्रमितको सङ्ख्या ६ हजार, १४ जनाको मृत्यु

एजेन्सी, २४ चैत्र । भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ५० नाघेको छ । यो पछिल्लो २०३ दिनको रेकर्ड सङ्ख्या हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारीमा देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८,३०३ पुगेको छ ।

गत वर्ष सेप्टेम्बर १६ मा ६ हजार २ सय ९८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार दैनिक पोजिटिभिटी दर ३.३९ र साप्ताहिक पोजिटिभिटी दर ३.०२ प्रतिशत रहेको छ । भारतमा हालसम्म ४.४७ करोड कोरोना सङ्क्रमित भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology