Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

ट्विटरमा फेरि फर्कियो चरो


987
Shares

ट्विटरमा फेरि फर्कियो चरो

काठमाडौं, २४ चैत्र  ।  सामाजिक सञ्जाल ट्विटरको लोगोमा फेरि पनि निलो चरो देखिएको छ । गत सोमबार ट्विटरको लोगोमा चराको साटो एउटा कुकुर देखिएको थियो। आफ्नो लोगो फेरिएकोबारे ट्विटरले सार्वजनिक रूपमा कुनै पनि जानकारी दिएको थिएन ।

ट्विटरका मालिक एलन मस्कले चराको साटो कुकुरको आकृति भएको एउटा तस्बिर राखेर त्यसको संकेत गरेका थिए । मस्कले लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी( डोजक्वाइनको लोगोलाई ट्विटरमा राखेका थिए।

शुक्रबार भने ट्विटरमा पुरानै लोगोमा रहेको निलो चरो देखिएको छ। यसबारे पनि ट्विटरले आधिकारिक जानकारी दिएको छैन। ट्विटरका मालिक मस्कले आफ्नो एकाउन्टमा नामसँगै भेरिफाइड टिक र निलो चरो राखेका छन्। अरू प्रयोगकर्ताको नाम भएको ठाउँमा यस्तो चरो आउँदैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology