Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा अस्पतालले मनायो स्वर्ण जयन्ती


2.1K
Shares

गोरखा अस्पतालले मनायो स्वर्ण जयन्ती

गोरखा, २४ चैत । गोरखा अस्पतालले अस्पताल स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण जयन्ती मनाएको छ । अस्पतालले विभिन्न कार्यक्रमको आयोजना गरेर आज स्वर्ण जयन्ती मनाएको हो ।

गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले उद्घाटन गर्नुभएका हुन् । साथै सो अवसरमा उहाँले गोरखा अस्पतालले पहिलो पटक सञ्चालनमा ल्याएको पाँच शय्यको सघन उपचार कक्ष(आइसियू)को र स्वर्ण जयन्ती स्तम्भको पनि उद्घाटन गर्नु भएका छन् ।

साथै प्रधानमन्त्री प्रचण्डले स्वर्ण जयन्तीका अवसरमा प्रकाशित गोरखा अस्पतालको स्वर्ण स्मारिका २०७९ को विमोचन पनि गरेका थिए । समारोहलाइ सम्बोधन गर्दै गोरखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठले यो अस्पताललाई एक सय शय्याको अस्पतालको रुपमा विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले गोरखा अस्पताल ५० शय्यामा सञ्चालन भइरहेको छ । हाल अस्पतालमा बोरिङ गरेर शुद्ध पिउने पानीको व्यवस्थापनको आवश्यकता रहेको बताउनुभयो । हाल अस्पतालमा एक सय ३२ जना कर्मचारी कार्यरत रहेको छन् । जसमध्य २७ जना स्थायी कर्मचारी छन् ।

अस्पताललाई गड हेड्स नेपालले दुई थान कम्प्युटर र प्रिन्टर पनि सहयोग गरेको छ । गड हेड्स नेपालका उपाध्यक्ष योङ कुमार श्रेष्ठले व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठलाई उक्त सहयोग हस्तान्तरण गर्नुृ भएको हो । स्वर्ण जयन्ती समारोहमा अस्पतालका पूर्व अध्यक्ष, मेसु तथा कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित व्यक्तिहरुलाई प्रधानमन्त्री प्रचण्डले दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यता तथा गोरखा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद सुरेन्द्र राज पाण्डे, गोरखा नगरपालिकाका मेयर कृष्ण राना लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology