Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सरकारको सय दिनको कामले बिकास र सम्बृद्धिको आधार तयार : प्रधानमन्त्री दाहाल


1.3K
Shares

सरकारको सय दिनको कामले बिकास र सम्बृद्धिको आधार तयार : प्रधानमन्त्री दाहाल

गोरखा, २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारको एकसय दिनको कामले देशमा बिकास र सम्बृद्धिको आधार खडा भएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री दाहालले माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकाममा आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ एकसय दिनको अबधीमा सामाजिक न्याय, शुसासन र बिकास थालनीका लागि थुप्रै काम प्रारम्भिक रुपमा अघि बढेको बताउनु भएको हो ।

‘अहिले चमत्कार जस्तो नदेखिएपनि सयदिनको कामले गुणात्मक सुधारका निम्ति, प्रगतिका लागि आधार खडा गरेकै छ, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘मलाई गर्व छ मैले छोटो अबधिमा राजनीतिक उतारचढावका बिचमा पनि देश र जनतालाई सकारात्मक दिशा दिने अबसर प्राप्तभयो ।’ प्रधानमन्त्री दाहालले जनताले लाइसेन्स लिदा, पासर्पोट लिदा वा अन्य सेवा प्राप्त गर्दा भोगिराखेका भन्झण्टहरु र विदेशमा रहेका लाखौ नेपालीहरुलाई सामाजिक सुरक्षासंग जोड्ने कुराको थालनी गर्नु सरकारको प्रारम्भिक चरणको महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो ।

उहाँले आफू प्रधानमन्त्री हुदैँ गर्दा बिदेशी मुद्राको सन्चिती गम्भिर अबस्था रहेको रहेको भएपनि केही नीतिगत र प्रक्रियागत निर्णयले अहिले बिदेशी मुद्राको सन्चिती पहिले भन्दा गुणात्मक रुपमा बृद्धि भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले राजस्व संकलनको अबस्थामा समेत अहिले सुधार हुँदै गएको बताउनुभयो । आफूले सरकारको नेतृत्व गरेदेखि नै सामाजिक न्याय, शुसासन र सम्बृद्धिलाई अगाडी बढाउने संकल्प गर्दै आएको भन्दै त्यस अनुसार मन्त्रिपरिषद्को पहिलो बैठकदेखि नै जनतामा आशा जगाउने कामहरु हुदैँ आएको प्रधानमन्त्री दाहालको भनाई छ ।

अर्को फरक प्रसगमा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओेली तर्फ लक्षित गर्दै संसदमा बिश्वासको मत दिने क्रममा संसद बिघटन सहि थियो भन्ने अभिव्यक्तिले एमालेसंगको गठबन्धनबाट अलग भएको संकेत गर्नुभयो । उहाँले अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्तिप्रक्रिया टुङगोमा पु¥याउने बिश्वास समेत व्यक्त गर्नुभयो । ‘अहिलेको १० दलिय गठबन्धनमा दुई बर्षभित्रमा शान्ति प्रक्रिया टुङगोमा पु¥याउने सहमति भएको छ, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘हामी छिट्टै सवैदलको सहमतिमा शान्ति प्रक्रियालाई ठोस निस्कर्षमा पु¥याउनेछौ ।’

प्रधानमन्त्री दाहालले सरकारले ल्याउने नयाँ नीति तथा कार्यक्रम परम्परागत ढंगको बनाएर नहुने भन्दै नयाँ ढंगको बनाउने गरि गठबन्धन दलमा छलफल भइसकेको बताउनुभयो । उहाँले सरकारले भर्खरै मात्र ल्याएको साँझा नीति तथा कार्यक्रममा एमालेले सरकारलाई समर्थन दिदा बनाइएको नीति तथा कार्यक्रम सहितलाई समेटेर सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology