Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रकाश सपुतले २०८० लाई जातीय विभेदविरुद्धको वर्ष बनाउने


1.3K
Shares

प्रकाश सपुतले २०८० लाई जातीय विभेदविरुद्धको वर्ष बनाउने

काठमाडौं, २४ चैत्र । गायक प्रकाश सपुतले २०८० साललाई जातीय विभेदविरुद्धको वर्ष बनाउने भएका छन् । जसकारण २०७९ सालभित्रै नयाँ गीत ‘सकम्बरी’ रिलिज गर्न लागेको उनको भनाइ छ । आगामी वर्ष आउने आफ्ना सिर्जनाहरु जातीय विभेदविरुद्ध हुने उनले उल्लेख गरेका छन् ।

फेसबुकमा प्रकाश लेख्छन्, ‘अलि हतार गरेर यो गीत यही वर्ष २०७९ भित्रै प्रकाशन गर्दैछु । किनकि अर्को वर्ष २०८० लाई आफ्ना सिर्जनामा ‘जातीय विभेदविरुद्धको वर्ष’ भनेर गर्ने सोच बनाएको छु । केही सिर्जना जातीय विभेदविरुद्ध आउनेछन् । मलाई विश्वास छ जसरी अघिल्ला सिर्जनामा नजानिंदो गरी देखाइएका सामाजिक विषयलाई गम्भीर रुपमा लिनुभएको छ । यसरी नै आगामी सिर्जनाका विषयलाई पनि साझा मुद्दाको रुपमा लिनुहुनेछ । मनन गर्नुहुनेछ ।

चाहे जति नै निरुत्साहित गरियोस् वयवसायिक हिसाबले मनोरन्जन प्रदान गर्ने र जिम्मेवार नागरिका हिसाबले सामाजिक विषयमा आवाज उठाउने प्रयासमा कमी आउनेछैन ।’ भोलि शुक्रबार सकम्बरी गीत सार्वजनिक गर्न लागेको पनि प्रकाशले जानकारी गराएका छन् ।

उनले यसअघि पनि सामाजिक र राजनीतिक विषयमा गीतहरु सार्वजनिक गर्दै आएका छन् । प्रकाश यतिबेला हिमालय लोकस्टारको होस्टको रुपमा व्यस्त छन् । उनी अभिनित फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शन हुने तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology