Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय युवकको मृत्यु


1.2K
Shares

मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय युवकको मृत्यु

काठमाडौं, २३ चैत्र । मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सप्तरीको विसनपुर(बोदेवरसाइन सडकमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा बोदेवरसाइन(५ भाटीनका १७ वर्षीय सागर पण्डित रहेको प्रहरीले जनाएको छ ।

विसनपुरबाट बोदेवरसाइनतर्फ आउँदै गरेको १७ प ९४७५ नम्बरको मोटरसाइकल बोदेवरसाइन(२ वैरियामा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक सागरलाई वरसाइनस्थित जीवनज्योति अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । मोटरसाइकल पछाडि सवार १५ वार्षीय सुमित पण्डितको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology