Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, चाँदीको कति


2.2K
Shares

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, चाँदीको कति

काठमाडौँ, २३ चैत्र । अघिल्लो दिनको तुलनामा बुधवार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । मङ्गलवार हालसम्मकै उच्च मूल्य कायम हुँदै छापावाला सुनको मूल्य १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

आज ८ सय रुपैयाँले घट्दै सुनको मूल्य १ लाख १० हजार २ सय रुपैयाँमा झरेको हो । यस्तै यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढ्दैगर्दा यता चाँदीको मूल्य स्थिर रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology