Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

माघदेखि बेपत्ता गुरुङको शव सेती नदीमा फेला


1.1K
Shares

माघदेखि बेपत्ता गुरुङको शव सेती नदीमा फेला

पोखरा, २३ चैत्र । माघ ९ गतेदेखि बेपत्ता पोखराका विश्वबहादुर गुरुङको शव भेटिएको छ । गुरुङको शव सेती नदीमा भेटिएको हो । गरूङले माघ ९ गते सेतीमा हाम फालेका थिए । ४४ गुरुङ कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्थे ।

मंगलबार ३१ वर्षीय अल्का गुरुङले केआई सिंह पुलबाट हाम फालेपछि खोजी कार्य गर्ने क्रममा गुरुङको शव भेटिएको सशस्त्रको गोताखोर सशस्त्रले जनाएको छ ।
मंगलबार पोखरा महानगरपालिका १६ को केआई पुलबाट लामाचौर बस्ने अल्का नदीमा हाम फालेकी थिइन् ।

सशस्त्रको गोताखोरसहितको टोली उद्धारका लागि गएको थियो। अल्काको खाजी कार्य गर्ने क्रममा अर्को शव भेटिएको सशस्त्रले जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology