Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गण्डकी गाउँपालिकामा दोस्रो मकैसिङ कप फुटबल प्रतियोगिता हुने


1.7K
Shares

गण्डकी गाउँपालिकामा दोस्रो मकैसिङ कप फुटबल प्रतियोगिता हुने

गोरखा, २३ चैत । गण्डकी गाउँपालिका वडा नं. १ मकैसिङमा दोस्रो मकैसिङ कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । मकैसिङ युवा क्लबले नयाँ बर्षको पावन अबसर पारेर चैत २५ गतेदेखि प्रतियोगीता आयोजना गरिएको हो ।

स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ फुटबल प्रतियोगिता गर्न लागिएको क्लवका अध्यक्ष समिन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियागितामा प्रथम हुनेले ४० हजार पुरस्कार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

यस्तै द्धितिय हुनेलाई नगद रु २५ हजार रकम, मेडलको साथमा प्रमाण पत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।प्रतियोगितामा आयोजकले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरेको छ । दर्ता शुल्क ४ हजार कायम गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology