Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

तिन ओटा परीक्षा केन्द्रबाट ११६ जना एसईईका नक्कली परीक्षार्थी पक्राउ


847
Shares

तिन ओटा परीक्षा केन्द्रबाट ११६ जना एसईईका नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं, २३ चैत्र । मोरङका विभिन्न परीक्षा केन्द्रबाट ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीले परीक्षा दिएको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले ११६ जनालाई पक्राउ गरेको हो । तीन वटा परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता रन्जन दाहालले जानकारी दिनुभयो ।

ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती मावि परीक्षा केन्द्रबाट ५२ जना, केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माविबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका–१ स्थित जनता माविबाट २० जना गरी ११६ जनालाई पक्राउ गरिएको छ ।

नियन्त्रण्मा लिएकाहरुमध्ये कोको नक्कली हुने भन्नेबारे भेरिफाइ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology