Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

प्रधानमन्त्री प्रचण्ड भोली गोरखा आउने


1.2K
Shares

प्रधानमन्त्री प्रचण्ड भोली गोरखा आउने

गोरखा, २३ चैत । प्रधानमन्त्री एवमं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली गोरखा आउखे कार्यक्रम तय भएको छ । गोरखा जिल्ला समन्वय समितिद्धारा आयोजित जनता सँग पार्टी अभियान कार्यक्रम तथा  गोरखा अस्पतालको स्वर्णजयन्तीामा सहभागी हुनका लागी प्रधानमन्त्री प्रचण्ड गोरखा आउन लाग्नु भएको हो ।

उहाँ जनता सँग पार्टी अभियान कार्यक्रम अन्तरगर्त कार्यकर्ता भेटघाटमा सरिक भएर मात्र अस्पतालको स्वर्णजयन्तीामा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

स्वर्ण जयन्तीको पुर्व सन्ध्यामा आज गोरखा अस्पताल सरसफाई कार्यक्रम राखिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । । उहाँका अनुसार भोली बिहान आठ बजे देखि १० बजे सम्म रक्तदान कार्यक्रम पनि राखिएको छ ।

गोरखा अस्पतालले पहिलो पटक संचालनमा ल्याउन लागेको आइसीयुको सोही अवसरमा उद्घाटन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । आवश्यक नर्स, डाक्टर व्यवस्था गरी श्यावप्रश्वासमा समस्या भएका, कोमामा गएका, रोगले च्यापेका विरामीको उपचारका लागि आइसीयु सेवा संचालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो ।

सोही क्रममा स्वर्णजयन्तीको स्तम्भ अनावरण गर्ने र स्वर्ण स्मारिका लोर्कापर्ण गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा भुतपूर्व प्रमुखहरु लगायतका केही कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रमपनि रहेको अस्पताल प्रशासनले जनाएको छ ।

गोरखा अस्पताल २०२९ साल चैत्र महिनामा स्थापना भएको थियो । २०७९ चैत्र २४ गते ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्णजयन्ती मनाउन लागिएको हो । जर्मन सरकारको सहयोगमा करिब ३७ करोड लागतमा निर्माण भएको गोरखा अस्पतालको नयाँ भवनबाट २०७८ चैत्र १ गतेबाट सेवा सुरु गरेको हो ।

स्वर्णजयन्तीको भोली(शुक्रबार) दिउँसो एक बजे उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology