Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ


931
Shares

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं, २२ चैत। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ । पक्राउ परे पनि उनीमाथि हतकडी भने लगाइएको छैन ।

अदालतमा आफ्ना वकिलहरुसँगै न्यायाधिश अगाडि बसेपछि उनीमाथि लागेका आरोपबारे पढेर सुनाइएको थियो । त्यसपछि उनले आफूले कुनै अपराध नगरेको भनेर दलिल पेस गरेका थिए ।

अदालतबाट निस्किएर उनी फ्लोरिडा गएका छन् । त्यहाँ आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै फेरि पनि उनले आफूले कुनै गल्ती नगरेको भन्दै घटनालाई राजनीतिकरण गरिएको जिकीर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology