Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा मानव सेवा आश्रमको निमार्णधिन भवनको काम ७० प्रतिशत सम्पन्न


2.1K
Shares

गोरखा मानव सेवा आश्रमको निमार्णधिन भवनको काम ७० प्रतिशत सम्पन्न

गोरखा, २१ चैत । गोरखा सदरमुकाममा निमार्णधिन मानव सेवा आश्रमको भवनको ७० प्रतिशत काम सम्पन्न भएको छ । आश्रमले स्थानिय, प्रदेश र संघिय सरकारको सहयोगमा भवन निर्माण गरिरहेको हो ।

भवनको ७० प्रतिशत काम सम्पन्न भई सकेको भवन निर्माण समितिका संयोजक ईश्वरकाजी मास्केले जानकारी दिनुभयो । गोरखा नगरपालिका–८ को खोलखोले क्षेत्रमा निर्माणधिन रहेको भवनलाई अहिले कलात्मकता दिने काम भई रहेको छ ।

५ तले ३२ कोठे भवनको अहिले विद्युतीकरण, पार्टेशन र बाहिरी आवरणमा काम भई रहेको संयोजक मास्केले बताउनुभयो । ६ करोडमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएता पनि बाहिरी आवरणलाई कलात्मक बनाउदाँ खर्च बढेर ८ करोडसम्म पुग्न सक्ने पनि मानव सेवा आश्रम गोरखाकी सञ्चालिका मुना मानव सेवाले जानकारी दिनुभयो ।

भवनलाई कलात्मकता दिनका लागि ३० वटा झ्याल र ३ वटा ढोका भक्तपुरबाट आयात गरिएको छ । साथै भक्तपुरमा नै बनेको भएको तेलिय ईट्टा प्रयोग भईरहेको भवन निर्माण समितिले जनाएको छ ।

भवन सम्पन्न भए संगै ३ फ्ल्याटमा बालबालिका, १ फ्ल्याटमा अफिस र १ फ्ल्याटमा अभियान्ताहरु बस्ने गरी निर्माण भईरहेको छ । भवनको लागि हालसम्म संघिय सरकार मार्फत १ करोढ ४९ लाख ८८ हजार ६६६ रुपैयाँ र गण्डकी प्रदेश सरकार मार्फत १ करोड ३९ लाख ३२ हजार ६०६ रुपैयाँ प्राप्त भएको मानव सेवा आश्रम गोरखाले जानकारी दिएको छ ।

निर्माण कार्य भईरहदा कुल ३ करोड ७७ लाख ८५ हजार ४६४ रुपैयाँ खर्च हुदा जिलल भित्रको स्थानिय तह अन्तरर्गत गोरखा नगरपालिकाले ३८ लाख ३४ हजार १५ रुपैयाँ र शहिद लखन गाउँपालिकाले ५ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको पनि आश्रमले जनाएको छ ।

त्यस्तै गरी, सिरानचोक गाउँपालिकाले ५ लाख ४ हजार ४८६ रुपैयाँ र अजिरकोट गाउँपालिकाले हालसम्म ४ लाख ९० हजार ७७७ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

अन्यको पनि सहयोग रहेको भवनमा ३५ लाख २३ हजार रुपैयाँ बरावरको सहयोग सर्व साधारणहरुले उपलब्ध गराएको पनि आश्रले जनाएको छ ।

संकलित रकमभन्दा करिब ३९ लाख रुपैयाँ बढी खर्च भईसकेको भवन निर्माणका लागि सहयोगीहरुको खोजी भई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology