Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

बसको ठक्करबाट ७५ वर्षीय वृद्धको मृत्यु


924
Shares

बसको ठक्करबाट ७५ वर्षीय वृद्धको मृत्यु

चितवन,२१ चैत्र । बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुलीको बसको ठक्करबाट मृत्यु भएको हो ।

पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटना आज बिहान १० बजे भएको हो । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology