Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

एसईई दिइरहेका विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा १२ जना पक्राउ


980
Shares

एसईई दिइरहेका विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा १२ जना पक्राउ

धनगढी,२० चैत । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आइतबार एसईई परीक्षा दिएर घर फर्किरहेका बेला चार जना विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१९ को फूलबारी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएर घर फर्किरहेका बेला कुटपिट गर्ने सोही ठाउँका १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले धनगढी उपमहानगरपालिका–१८ बस्ने १९ वर्षीय राजेश बिसी, २२ वर्षीय किसन खड्का, २० वर्षीय रविन्द्र खड्का, २० कै प्रविन रानामगर, २१ वर्षीय अशोक बिक समेतका १२ जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । पक्राउ पर्ने अन्य नाबालक भएकाले प्रहरीले परिचय खुलाएको छैन ।

पक्राउ गरिएका उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आइतबार एउटा युवाहरुको समूहले परीक्षा दिएर घर फर्किरहेका बेला फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारीमाथि कुटपिट गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology