Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा संग्रहालय तराईमा पनि विस्तार गर्न माग


1.1K
Shares

गोरखा संग्रहालय तराईमा पनि विस्तार गर्न माग

गोरखा, १९ चैत । जिल्लामा रहेको गोरखा संग्रहालय तराईमा पनि विस्तार गर्न माग गरिएको छ । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख राजेश अहिराजले आइतबार गोरखा संग्रहालय पुगेर तराईमा पनि संग्रहालय स्थापना गर्न माग गर्नु भएको हो ।

उहाँले संग्रहालय स्थापना गर्नका लागी रौतहटस्थित आफ्नो जग्गा उपलब्ध गराउने प्रतिवद्धतापत्र गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीलाई पेश गर्नु भएका छन् । अधिकारीले पेश गरिएको पत्रमा गढीमाइ नगरपालिका वडा नं.४ स्थित सुन्दरपुर (संग्रामपुर) क्षेत्रमा गोरखा संग्रहालय स्थापना गर्न आठ कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिवद्धता गरिएको छ ।

‘रौतहट जिल्ला गढिमाई नगरपालिका ४ सुन्दरपुर क्षेत्रमा गोरखा दरबार संग्रहालय विस्तार गरी नेपाल एकीकरणसंग सम्बन्धित ऐतिहासिक जानकारीहरु त्यस भेगका जनतालाई सम्प्रेषण गरी राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न स हयोग पुग्ने देखिन्छ । उक्त स्थानमा पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गाका लागि मेरो निजी भोगाधिकारभित्र रहेको जग्गाबाट आठ कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछु ।’ अहिराजद्वारा पेश गरिएको पत्रमा लेखिएको छ ।

त्यहाँभित्र पृथ्वीनारायण शाहको शालिक तथा नेपाल एकीकरण महाअभियानसंग सम्बन्धित बस्तुहरुको श्रव्यदृश्य सामग्रीहरु राखी सर्वसाधारणलाई नेपाल एकिकरणसंग सम्बन्धित विषय बस्तुको थप जानकारी दिन सकिने उहाँको भनाई छ । उहाँले तराईमा गोरखा संग्रहालय निर्माण गर्न आफ्नो नीजि कोषबाट आर्थिक सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनु भएका छन् ।

पत्र बुझ्दै गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीले यो अवधारणा अत्यन्त गम्भीर र रचनात्मक रहेको बताउनुभयो भएका छन् । यो बर्ष गोरखा संग्रहालय विस्तार गर्ने आफुहरुको पनि योजना उहाँ बताउनु हुन्छ ।

अहिराजले नेपाल एकीकरण अभियानमा योगदान गर्ने मधेशी, मुस्लिम, दलित र महिलाको योगदान झल्कने सामग्रीहरु पनि ग्यालरीमा राख्न अनुरोध गर्नुभयो । साथै उहाँले यस बिषयमा मधेश प्रदेश सरकार र पुरातत्व विभागमा पनि पहल गर्ने बताउनु भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology