Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

एसईई परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ


2.2K
Shares

एसईई परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं, १९ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु एसईई परीक्षाका परीक्षार्थी हुन् तर उहाँको सट्टा परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका–६ पोठीयाहीका कमल साह कानु रहेको प्रहरीले जनाएको छ । मौलापुर नगरपालिका अन्तर्गत लक्ष्मीनिया मावि परीक्षा केन्द्रमा मेयर कानुको सट्टामा एसईई परीक्षा दिइरहेका कमल साहलाई अनुगमन टोलीले पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनको सिम्बोल नम्बर ३५०३७२८ को प्रेमलाल साह कानु नामको परिचयपत्र समेत टोलीले बरामद गरेको छ । पक्राउ परेका उनी पेसाले इन्जिनियर हुनका साथै मेयर प्रेमलाल साहको ज्वाइँ रहेको बुझिएको छ ।

रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सहितको अनुगमन टोलीले नक्कली परीक्षार्थी कमल साहलाई पक्राउ गरेको पुष्टी गर्नुभयो ।

उनीमाथि परीक्षा नियमावली अनुसार कारवाही हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology