Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

बलेरो दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते


1.1K
Shares

बलेरो दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

काठमाडौं,१९ चैत्र । रामेछापमा बोलेरो दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ । शनिबार बेलुका सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौं जाँदै गरेको बा १६ च ३८२५ नम्बरको बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडामा सडकबाट करिब चारसय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेको रामेछापका प्रहरी नायब उपरीक्षक डीएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।

दुर्घटनामा सात जना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको डीएसपी पराजुलीले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology