गोरखा, १८ चैत । बारपाक सुलिकोट गाँउपालिका वडा नं. ७ का महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुलाई झोला वितरण गरिएको छ ।
वडाले प्रोत्साहन स्वरुप ९ जना स्वयम सेविकलाई झोलासहित छाता र बाकस बितरण गरिएको पाँचखुवा देउराली स्वास्थ्य चौकीका इन्र्चाज भिमसेन धितालले जानकारी दिनुभयो ।
उक्त सामग्री वडाध्यक्ष कृष्ण गुरुङले एक कार्यक्रमका बिच स्वयम सेविकाहरुलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा वडाध्यक्षसहित सबै वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।