Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २० वर्षीय युवकको मृत्यु


1K
Shares

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २० वर्षीय युवकको मृत्यु

दोलखा, १८ चैत्र । दोलखाको भिमेश्वर नगरपालिका वडा नं ६ स्थित दुध डेरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज बिहान काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ९४ प ३२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका घर भई हाल भीमेश्वर नगरपालिका ६ स्थित चोथाङमा बस्दै आएका चालक २० वर्षीय राजु मगरको मृत्यु भएको हो ।

मगरको उपचारका क्रममा चरिकोट च्छोरोल्पा जनरल अस्पतालमा मृत्यु भएको दोलखा प्रहरीले जानाको दिइएको छ भने मोटरसाइकलमा सवार धनुषा घर भई हाल दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटो बस्दै आएका अविशेक शाह घाइते भएका छन् । घाइते शाहको च्छ्योल्पा जनरल अस्पताल चरिकोट मा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology