काठमाडौं,१७ चैत । नुवाकोटको दुप्तेश्वर गाउँपालिका ४ टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ । ना२झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा दुप्तेश्वर गाउँपालिका( ४ बस्ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेका छन् । यस्तै सुमो दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताउनुभयो ।