मनाङ, १६ चैत्र । मनाङको भिरमा खसेका एक चिनियाँ पर्यटक घाईते भएका छन् । २०० मिटर तल खसेर घाईते भएका उनलाई प्रहरी र स्थानियको सहयोगमा उद्वार गरिएको मनाङ प्रहरीले जनाएको छ ।
मस्याङदी नदीको किनारमा रहेको गोरेटो बाटोमा हिड्ने क्रममा बाटोबाट तल खसेका उनलाई चामेबाट खटिएको प्रहरी र स्थानियले उद्वार गरेको थियो ।
घाईते अवस्था गंभिर भएकोले उनलाई ताल स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागि वेसिशहर लगिएको प्रहरीले जानकारी दिएको छ ।