Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

मानिसमा भेटियो बर्डफ्लू


2.2K
Shares

मानिसमा भेटियो बर्डफ्लू

काठमाडौं, १६ चैत्र । चिलीका एक व्यक्तिमा बर्डफ्लू भेटिएको छ । यो नै चिलीमा पहिलो पटक बर्डफ्लू भेटिएकोघटना हो । चिलीको स्वास्थ्य मन्त्रालयले ५३ वर्षीय पुरुषमा बर्डफ्लू भएको पुष्टि गरेको छ । व्यक्तिमा इन्फ्लूएन्जाका गम्भीर लक्षणहरू देखिएका छन् ।

बर्डफ्लूका बिरामी फेला परेपछि चिली सरकारले सङ्क्रमणको स्रोतका साथै बिरामीको सम्पर्कमा आएका अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान गरिरहेको छ। गत वर्षको अन्त्यदेखि चिलीमा जंगली जनावरहरूमा एच५एन१ बर्डफ्लूका केसहरू देखिएका थिए।

चिलीका स्वास्थ्य अधिकारीहरूले यो भाइरस चराहरू वा समुद्री स्तनधारी जनावरहरूबाट मानिसमा सर्नसक्ने उल्लेख गरेका छन् । स्वास्थ्य अधिकारीहरूले मानिसबाट मानिसमा सर्ने जोखिम कम रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology