Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना निरन्तर उकालो, थप ३४ जनामा सङ्क्रमण पुष्टि


833
Shares

कोरोना निरन्तर उकालो, थप ३४ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ,१५ चैत्र । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो ६ दिनको एकमुष्ट विवरण हो । मन्त्रालयले देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या १०३ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६१ हजार १२९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology