Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बढ्यो सुनको मूल्य, कतिमा हुदैंछ कारोबार ?


805
Shares

बढ्यो सुनको मूल्य, कतिमा हुदैंछ कारोबार ?

काठमाडौं, १५ चैत । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो कारोबार दिन प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology