Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते


1.1K
Shares

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते

ललितपुर, १४ चैत्र । ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान(श्रीमतीको मृत्यु भएको छ । मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिनुभयो ।

बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको डिएसपी साहले बताउनुभयो । दुर्घटना हुँदा बागमती गाउँपालिका वडा नम्बर ७ घर भई महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल बस्ने ३५ वर्षीय विष्‍णुप्रसाद फुँयाल र पछाडि सवार उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको हो ।

उक्त मोटरसाइकलमा सवार उनीहरूकी ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन् । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology