गोरखा, १४ चैत । बिगत चार दिनदेखी बेपत्ता रहेका गोरखा नगरपालिका वडा नं. ८ कट्टेलडाडाँका हरीप्रसाद कट्टेल आज मृत्त अवस्थामा फेला परेका छन् । चितवनको ईच्छाकामना गाउँपालिका–६ को कालीखोला क्षेत्रमा ६५ बर्षिय बृद्व कट्टेल मंगलबार मृत्त अवस्थामा फेला परेका हुन् ।
चैत्र ११ गते अर्थात शनिबार काठमाण्डौं, नार्गारजुन नगरपालिकाको रानिबनमा रहेको छोराको घरबाट छोरीको घर जान्छु भनेर निस्किनु भएका कट्टेल सोही दिनदेखी सम्र्पक बिहिन हुनु भएका थिए ।
दम, हातखुट्टा काप्ने तथा धेरै हिडन् नसक्ने कट्ट्लेलाई अन्तिम पटक मनकामना जाने चेरेश क्षेत्रमा देखिएको भन्ने अपुष्ट जानकारी पाएको थियो । त्यसपछि उहाँका आफन्तले सोमबारदेखी सो क्षेत्रमा खोजी गर्दै आएका थिए । बेपत्ता कट्टेललाई गोरखाबाट गएका आफन्तहरुले खोजी गर्ने क्रममा आज कालीखोलामा मृत्त फेला परेको मृत्तकका भतिज शरदबावु कट्टेलले जानकारी दिनुभयो ।
उहाँको मृत्त शरिर चितवन प्रहरी संग समन्वय गरेर गोरखा अस्पताल ल्याइएको छ । कट्टेलको पोष्टमार्टम पछि दाहसंस्कार गरिने छ ।