Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

इँट्टा भट्टाको पर्खाल भत्किँदा मजदुरको मृत्यु


714
Shares

इँट्टा भट्टाको पर्खाल भत्किँदा मजदुरको मृत्यु

सप्तरी,१४ चैत । सप्तरीको रुपनीस्थित पिपराहीमा रहेको जेएसआर इँटा भट्टाको पर्खाल भत्किँदा एक जना भारतीय मजदुरको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतको पश्चिम बंगालका ४५ वर्षीय अलिम अजिम रहेका प्रहरीले जनाएको छ । घाइते हुनेमा मृतककी श्रीमती मुजिना र भारत पश्चिम बंगालकै जहरुल हक रहेका सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

मजदुरहरूले इँट्टा निकाल्ने क्रममा भट्टाको पूर्व पट्टीको पर्खाल भत्किएको थियो । पर्खालले थिचेका अजिमलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगिएको थियो । तर अस्पतालले अस्पताल आउनु अघि नै उनको मृत्यु भएको बताएको हो । घाइते दुवैको उपचार भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology