Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य


749
Shares

एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं, १४ चैत । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। आइतबारदेखि घटेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology