गोरखा, १४ चैत । लियो जिल्ला परिषद् ३२५ जे नेपालको सचिवमा गोरखाका बालकृष्ण परियार मनोनित हुनु भएका छन् ।
काठमाडौंमा लियो जिल्ला परिषद् ३२५ जे नेपालको पहिलो जिल्ला सम्मेलन तथा अधिबेशनमा लियो क्लव अफ गोरखाका अध्यक्ष बालकृष्ण परियारलाई सचिवमा मनोनित हुनु भएका हुन् । गोरखासहित १२ वटा जिल्ला रहेको यस जिल्ला परिषद्मा ३४ ओटा क्लव समाबेश रहेको छ ।
उक्त सम्मेलनबाट जिल्ला परिषदका उपाध्यक्ष लियो बिष्णु प्रसाद दाहाल अध्यक्षमा निर्वाचित हुन भएका थिए । उहाँले परियारलाई सचिवमा मनोनित गर्नु भएका हुन ।
यो यात्रामा ८ बर्ष बिताई सक्नु भएका परियार टेलरिङ व्यावसायि संघ गोरखा र सचेत तथा बुद्धिजिवि युवा संजाल गोरखाका अध्यक्ष समेत हुन्।